ज्योतिषी अधिकारीको आग्रह- कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन | Khabarhub Khabarhub

ज्योतिषी अधिकारीको आग्रह- कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ज्योतिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ज्योतिषीय हिसाब साइत,मुहुर्त दिन,दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार(आज)राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।

‘अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ ‘,अधिकारीले भने, ‘धेरै मानिसको घरमा दियो बालियो भने अमृत फैलिन्छ र विषलाई मार्न सक्छ भन्ने मान्यता हो । ‘

उनले सबैको घरमा दीयो बाल्ने कुरा सकारात्मक र उर्जाको कुरा भएको बताए ।

दीप प्रज्वल्लवन गर्दा राम्रो । यसले संसारमा सकारात्मक उर्जा निस्कन सक्छ उनले भने ।

‘९ बजे अमृत समय परेको छ । ९ मिनेटसम्म गर्ने भनिएको छ । नवदूर्गा,नवमातृका, नवशक्ति र विजयको अंक पनि ९ भएका कारण ९ मिनेटसम्म दीप प्रज्वलन गर्दा उपयुक्त हुन्छ’ उनले भने ।

कोरोना भाइरस विरुद्ध लड्ने शक्ति प्रदान होस् भन्नका लागि तथा विष फैलिएको बेलामा अमृत फैलियोस् भन्नका लागि दीप प्रज्वलन गर्ने कुरा अनुपयुक्त नभएको ज्योतिषी अधिकारीको तर्क छ ।

धेरै समय र पैसा बर्वाद नहुने भएका कारणले गर्दा सबैलाई दीप प्रज्वलन गर्न उनले आग्रह गरे ।

यो धर्मका व्यक्तिले भनेको हो त्यही भएर गरौं वा त्यही भएर नगरौं भन्ने गर्नु भन्दा समग्र मानवजातीको हीतका लागि र सकारात्मक उर्जाका लागि दियो बाल्ने कार्य गर्न उनले आग्रह गरे ।

घ्यू मिसिएको दियोबाट निस्किएको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताए ।
कोरोना विरुद्ध मानवीय एकताका लागि सबै एकजुट छौं भन्नका लागि पनि यो प्रयत्न ठिक हुने उनले बताए ।

यो पनि पढ्नुहोस्

युवा ज्योतिषी अधिकारीको सुझाव– भाइरसबाट जोगिन शंख बजाउनुस्, सूर्यलाई पानी चढाउनुस्

ज्योतिष डा उपाध्यायको दाबी- सूर्य उच्च भएसँगै कोरोना भाइरसको प्रभाव कम भएर जान्छ, कहिले हुन्छ ?

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ३२ बजे

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

एजेन्सी – क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।