माग्ने बूढाले निखिललाई भने – नमस्कार दादा, निखिलले हल्लाए हात « Khabarhub

माग्ने बूढाले निखिललाई भने – नमस्कार दादा, निखिलले हल्लाए हात


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला कलाकारहरु घरमै बसिरहेका छन् । फ्यानलाई सतर्क रहन आग्रह गरेका छन् । कलाकार पनि अत्यावश्यक कामका लागि बाहेक अरु कामले घरबाट बाहिर निस्केका छैनन् ।

खासै लाइभमा नआउने एक्सन स्टार निखिल उप्रेती पनि आजभोलि फेसबूक लाइभमा आउने गरेका छन् । दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

आज (आइतवार) पनि निखिल आफ्नो आधिकारिक फेसबूक पेजमार्फत लाइभमा झुल्किए । सामाजिक सञ्जालबाट टाढा रहने निखिलले फेसबूक खाता खोलेको पनि धेरै भएको छैन । धेरै फेक खाता बनेपछि बल्ल उनले फेसबूक चलाउन थालेका थिए । निखिल लाइभमा आएर फ्यानसँग कुराकानी गरेका थिए । उनले नेपाली राजनीति र सरकारको कामप्रति पनि दुःख व्यक्त गरे ।

त्यसै क्रममा अर्का हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) पनि लाइभमा जोडिए । उनले निखिललाई लेखे – नमस्कार दादा ।

निखिलले लगत्तै भने – मैले माग्ने बूढालाई पनि देखिरहेको छु । उहाँलाई हेलो भन्न चाहन्छु । सुरक्षित रहनुहोला ।

त्यसपछि निखिल पुनः फ्यानसँग कुरा गर्न र आफ्ना मनमा लागेका कुरा गर्नमा व्यस्त देखिए । निखिलले सबैलाई सुरक्षित रहन र नजिकका लाई पनि सुरक्षित रहन अनुरोध गर्न आग्रह गरे । उनले लाइभमा भने – यो सबै हाम्रै गल्तीका कारण यस्तो भएको हो । हामीलाई यसले गहिरो पाठ सिकाएको छ ।

‘अहिले हामीले मानवता देखाउनुपर्ने अवस्था छ, जुन विचारले आफूलाई र अरुलाई हानी गर्छ भने त्यो पनि राम्रो होइन,’ उनले भने, ‘गलत विचार पनि सरुवा रोग हो ।’

साथै निखिलले राजनीतिलाई पनि लाइभमार्फत थोरै छोए । संकटको बेलामा पनि सरकारले गरेको काम र भ्रष्टाचारले गर्दा समस्यामा पारेको बताए ।

देशमा जहिले पनि संकट आउँदा जनता बारबार लुटिएको सुन्दा दुःख लाग्छ, जुन आरोप लाग्छ, त्यसलाई आनाकानी गर्दै टाल्दै जानु पनि राम्रो होइन,’ निखिलले भने, ‘साँच्चिकै राम्रो गर्न खोज्नेहरू राजनीतिमा टिकिरहेका छैनन् ।’

हेर्नुस् भिडियो:

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ४९ बजे

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज