साउदी अरबमा ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

साउदी अरबमा ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरबमा ४ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।

साउदीस्थित नेपाली दूतावासले ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

शनिबारदेखि थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको सूचना बाहिरिएपछि दूतावासले यसबारे साउदीको स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको थियो ।

साउदीको स्वास्थ्य मन्त्रालयबाट आइतबार प्राप्त विवरणअनुसार ४ जना नेपालीमा कोरोना पुष्टि भएको साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

तर संक्रमित नेपालीहरु कुन क्षेत्रमा कार्यरत रहेका हुन् भन्नेबारेमा केहि पनि खुलाइएको छैन ।

साउदी अरबमा कोरोना भाइरसबाट आइतबारसम्म २९ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०६ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण