लकडाउन खुकुलो भएपछि इटालीमा जनजीवन सहज बन्दै, ४० लाख मानिस काममा फर्किए « Khabarhub

लकडाउन खुकुलो भएपछि इटालीमा जनजीवन सहज बन्दै, ४० लाख मानिस काममा फर्किए


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले थलिएको इटालीमा संक्रमण कम हुँदै गएपछि सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ ।

लकडाउन खुकुलो बनाइएसँगै त्यहाँको जनजीवन सहज बन्दै गएको छ । उद्योग तथा निर्माण क्षेत्रको काम सुरु भएका छन् ।

झण्डै २ महिना लकडाउन हुँदा घरभित्रै बसेका मानिसहरु धमाधम आफ्नो काममा फर्कन थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ४० लाख हाराहारी मानिस काममा फर्किएका छन् ।

मानिसहरूलाई आफ्नो क्षेत्रमा दूरी कामय गरेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको छ।

मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको इटालीमा मे ४ देखि खुकुलो बनाइएको हो । इटालीमा कोरोना भाइरसको संक्रमणबाट २९ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाख ११ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ०६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा