नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् ? « Khabarhub

नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् ?


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले आज (मंगलबार)देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले जानकारी दिए ।

बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ। बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ। आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ।

बैठकले गरेको निर्णयको माइन्यूट हेर्नुहोस्

बैठकले सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने पनि निर्णय गरेको छ ।

नेपालगन्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाको संक्रमण बढ्नुका साथै संक्रमणको आशंका गरिएका मानिस धेरै भएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बैठकमा भएको निर्णय अनुसार निषेधित क्षेत्रमा कसैलाई पनि हिँडडुल गर्न दिइने छैन् । त्यसका लागि उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा माइकिङ गरी सूचना प्रवाह गरिरहेका छन् ।

अत्यावश्यक कामदेखि बाहेक कसैलाई घरबाट ननिसक्न प्रशासनले निर्देशन जारी गरेको छ । अत्यावश्यक कामका लागि पनि अनिवार्य रुपमा पासको व्यवस्था गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट