नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् ? | Khabarhub Khabarhub

नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् ?


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले आज (मंगलबार)देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले जानकारी दिए ।

बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ। बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ। आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ।

बैठकले गरेको निर्णयको माइन्यूट हेर्नुहोस्

बैठकले सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने पनि निर्णय गरेको छ ।

नेपालगन्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाको संक्रमण बढ्नुका साथै संक्रमणको आशंका गरिएका मानिस धेरै भएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बैठकमा भएको निर्णय अनुसार निषेधित क्षेत्रमा कसैलाई पनि हिँडडुल गर्न दिइने छैन् । त्यसका लागि उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा माइकिङ गरी सूचना प्रवाह गरिरहेका छन् ।

अत्यावश्यक कामदेखि बाहेक कसैलाई घरबाट ननिसक्न प्रशासनले निर्देशन जारी गरेको छ । अत्यावश्यक कामका लागि पनि अनिवार्य रुपमा पासको व्यवस्था गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा