कोरोना भाइरस : इयूको खोप विकास कोषमा अमेरिका र रुस बाहेक ३० मुलुकको सहयोग « Khabarhub

कोरोना भाइरस : इयूको खोप विकास कोषमा अमेरिका र रुस बाहेक ३० मुलुकको सहयोग


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरेको कोषमा अमेरिका र रुस बाहेकका ३० मुलुकले सहयोगको घोषणा गरेका छन् ।

विभिन्न ३० मुलुकले गरेको घोषित रकम अनुसार कोषमा आठ अर्ब अमेरिकी डलर जुट्ने भएको छ ।

फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५०० मिलियन युरो दिने प्रतिबद्धता जनाएका छन् भने जापानले ८०० मिलियन अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कोरोना भाइरसको खोप निर्माणका लागि आवश्यक बजेट जुटाउन युरोपियन कमिसजनले आयोजना गरेको अनलाइन सम्मेलनमा सह्रिक भएका विभिन्न ३० मुलुकले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि उक्त सम्मेलनमा अमेरिका र रुस सह्रिक भएनन् ।

सम्मेलनमा कोरोना भाइरसको संक्रमण सुरु भएको मुलक चीनबाट युरोपियन युनियनका लागि चिनियाँ राजदूतले भाग लिएका थिए ।

सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि खर्च गरिने छ । बाँकी रकम भने खोपको परीक्षणका लागि छुट्याइएको इयूले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ०४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा