जर्मन फुटबलका १० जनामा कोरोना संक्रमण « Khabarhub

जर्मन फुटबलका १० जनामा कोरोना संक्रमण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनको शीर्ष दुई डिभिजनका १० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

सोमबार १७ सय २४ जनामा कोरोना भाइरसको जाँच गरिएकोमा १० जनामा पुष्टि भएको जर्मन फुटबल लिग (डिएफएल) ले जनाएको छ ।

जर्मनका क्लबहरु सामुहिक अभ्यासको तयारी जानु अगाडि गरिएको कोरोना परिक्षणमा क्लबका स्टाफ र खेलाडीगरि १० जनामा संक्रमण देखिएको जनाइएको छ ।

‘कोरोनाको संक्रमण देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा राहिएको छ’ डिएपएलले विज्ञप्तिमा भनेको छ । यहिँ हप्ता शीर्ष डिभिजन क्लब कोलोनका ३ जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु तीनै जनालाई कोरोनाको लक्ष्यण देखिएको छैन तर पनि १४ दिनको क्वारेन्टाइनमा खेलाडीलाई राहिएको कोलोनले बताएको छ ।

जर्मन बुन्डेसलिगा कोरोना पछि प्रतिस्पर्धा गराउने पहिलो युरोपको लिग हुने लगभग पक्का छ । उसले मे ९ देखि सुरु गर्ने तयारी गरेपनि सरकारले मे १६ अथवा २३ देखि सुरु गर्न निर्देशन दिएपछि केहि ढिला भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ०५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।