सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायती मन्त्री बर्न्सद्वारा राजीनामा « Khabarhub

सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायती मन्त्री बर्न्सद्वारा राजीनामा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायतका व्यापार मन्त्री कोनर बर्न्सले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री बर्न्समाथि उनका पिता संलग्न कारोबारको विषयमा सर्वसाधारणलाई धम्क्याएको आरोप लागेको थियो ।

उक्त आरोपलगत्तै छानविन गरेको वेलायतको संसदीय टोलीले बर्न्सले पदको दुरुपयोग गरेको ठहर गरेको थियो ।

समितिले गरेको छानविनका क्रममा मन्त्री बर्न्सले गत फेब्रुअरीमा उनको पितासित ऋण तिर्नेबारे विवाद गरेका एक सर्वसाधारणलाई सांसदको लेटरप्याड प्रयोग गर्दै पत्र लेखेरै धम्क्याएको पाइएको थियो ।

उनलाई सांसद् पदबाटै निलम्बन गर्न सिफारिस गरिएपछि वेलायतको प्रधानमन्त्री कार्यालयले रिक्त पदका लागि नयाँ मन्त्री नियुक्ती गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : २८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा