कोरोनाको संक्रमण बढेपछि जापानमा मे ३१ सम्म राष्ट्रव्यापी संकटकाल « Khabarhub

कोरोनाको संक्रमण बढेपछि जापानमा मे ३१ सम्म राष्ट्रव्यापी संकटकाल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानमा लगाइएको राष्ट्रव्यापी संकटकाल थप तीन साताका लागि बढाइएको छ ।

जापानमा गत अप्रिल ७ देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय संकटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो ।

आजदेखि संकटकाल समाप्त हुँदै गर्दा जापानले संकटकाल आउँदो मे ३१ सम्मै कायम रहने जापानी प्रधानमन्त्री सिन्जो आवले घोषणा गरे ।

आवेका अनुसार अर्को सूचना नभएसम्म संकटकाललाई खुकुलो पारिने छैन । कोरोनाभाइरसविरूद्धको लडाईंका लागि आगामी कदम तयार पार्न संकटकाल बढाइएको उनले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।

संकटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले ५३६ जनाको मृत्यु भएको छ भने १५ हजार ७८ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ०३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय