खोलाले बगाएर खोटाङमा बालिकाको मृत्यु « Khabarhub

खोलाले बगाएर खोटाङमा बालिकाको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिक्तेल– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडामा खोलाले बगाएर १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शुक्र रोक्काकी १४ बर्षीया छोरी अम्बिका रोक्का रहेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्किँदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाउँदा अम्बिका बेपत्ता भएकी थिइन् ।

स्थानीयको सूचनाका आधारमा प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : १२ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने