क्वारेन्टाइनमा बसेका व्यक्तिलाई योग प्रशिक्षण « Khabarhub

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई योग प्रशिक्षण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– कोरोना भाइरसको महामारीका कारण क्वारेन्टाइन (एकान्तबास)मा बसेकाहरुलाई योग तथा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले पाणिनि र छत्रदेव गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरुका लागि योग कार्यक्रम चलाएको हो ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि योग, प्राणायाम, नृत्य, हास्यलगायत विविध विषयमा प्रशिक्षण दिइएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा अर्जुन शर्माले बताए ।

एकान्तबासमा रहेका व्यक्तिबाहेक स्वास्थकर्मी र सुरक्षाकर्मीका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अमला, गुर्जो र तुलसी, ज्येष्ठ नागरिकका लागि अश्वगन्धा र सुत्केरीका लागि दुग्धबर्धक सतावरीलगायत आयुर्वेदिक औषधि वितरण गरिएको कविराज कमलप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : १७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग