क्वारेन्टाइनमा बसेका व्यक्तिलाई योग प्रशिक्षण « Khabarhub

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई योग प्रशिक्षण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– कोरोना भाइरसको महामारीका कारण क्वारेन्टाइन (एकान्तबास)मा बसेकाहरुलाई योग तथा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले पाणिनि र छत्रदेव गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरुका लागि योग कार्यक्रम चलाएको हो ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि योग, प्राणायाम, नृत्य, हास्यलगायत विविध विषयमा प्रशिक्षण दिइएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा अर्जुन शर्माले बताए ।

एकान्तबासमा रहेका व्यक्तिबाहेक स्वास्थकर्मी र सुरक्षाकर्मीका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अमला, गुर्जो र तुलसी, ज्येष्ठ नागरिकका लागि अश्वगन्धा र सुत्केरीका लागि दुग्धबर्धक सतावरीलगायत आयुर्वेदिक औषधि वितरण गरिएको कविराज कमलप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : १७ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका