युवतीको घरमा गएर बलात्कार गरेको आरोपमा युवक पक्राउ « Khabarhub

युवतीको घरमा गएर बलात्कार गरेको आरोपमा युवक पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजगढ– सप्तरीको राजगढमा एक १६ वर्षीया युवतीमाथि जबरजस्ती करणी (बलात्कार) गरिरहेका युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले उनीमाथि कुटपिटसमेत गरेका छन् ।

पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । प्रनाउ भारतीका अनुसार पीडितको सोमबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

घरमा सुतिरहेका बेला आइतबार राति तीन जना प्रवेश गरेकामा अपरिचित दुई फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् । आरोपितले भने आपसी सहमतिमा भेटघाट गर्न एक्लै गए पनि बलात्कार नगरेको बताका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ४४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु