एसइई परीक्षा नै नलिइ विद्यार्थीलाई प्रमाण पत्र दिन प्याब्सनको प्रस्ताव « Khabarhub

एसइई परीक्षा नै नलिइ विद्यार्थीलाई प्रमाण पत्र दिन प्याब्सनको प्रस्ताव


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।

सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरुबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं. २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्याङ्कनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको हो ।

कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्योल सिर्जना भएको उल्लेख गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी कानूनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकङ्कनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ५० बजे

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र