घाटमै गएर मेयरमाथि कुटपिट गर्ने युवा संघका जिल्ला संयोजक निलम्बित « Khabarhub

घाटमै गएर मेयरमाथि कुटपिट गर्ने युवा संघका जिल्ला संयोजक निलम्बित


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथि कुटपिटमा संलग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघ नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाही निलम्बनमा परेका छन् ।

संघका केन्द्र अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिला) र सहसंयोजक रमेश पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै जाजरकोट जिल्ला कमिटी संयोजक शाहीलाई निलम्बन गरिएको जनाएका छन् ।

युवा संघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएअनुसार नेकपाको कर्णालय प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य मधु चन्दको अन्तिम संस्कारमा सहभागी भएका मेयर घर्तीमाथि वैशाख १२ गते कुटपिट भएको थियो ।

मेयर घर्ती नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य समेत हुन् । नेकपाको जाजरकोट जिल्ला र कर्णाली प्रदेश कमिटीले विज्ञप्ती जारी गर्दै युवा संघका जिल्ला संयोजक शाही नेतृत्वको समूहले घाटमै गएर मेयर घर्तीमाथि आक्रमण गरेको जनाएको थियो ।

नेकपाको जिल्ला र प्रदेश कमिटीले शाहीमाथि कारबाहीको माग गरेपछि युवा संघले आफ्नो अन्तरिम विधान २०७६ अनुसार मंगलबारदेखि लागू हुने गरी संगठनका सबै जिम्मेवारीहरुबाट निलम्बन गरिएको जनाएको हो ।

संघले तत्कालका लागि जाजरकोट जिल्ला समितिको कार्यवाहक संयोजक जिम्मेवारी भिम जिसीलाई प्रदान गरिएको जनाएको छ ।

युवा संघले घटनाको सत्यतथ्य छानबिन गर्नका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा संघका केन्द्रीय सदस्य मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भिम रोकाया र कार्यवाहक संयोजक भिम सिजी रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ५५ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार