जुम्लामा पहिलोपटक पीसीआर विधिबाट कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

जुम्लामा पहिलोपटक पीसीआर विधिबाट कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए । उनका अनुसार मुगु खत्याडका एकजना सहित तातोपानी गाउँपालिकाका सातजनाको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालमा सो प्रविधि ल्याइएपछि यहाँ कोरोना परीक्षण गर्न सहज भएको छ । पहिलो पटक २०० किट पुगेपछि सो जाँचको परीक्षणको काम शुरु भएको थियो । अगामी शनिबारसम्म पुग्ने गरी एक हजार किट प्रतिष्ठानले माग गरेको छ ।

किट उपलब्ध हुनेबित्तिकै जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परीक्षण हुने जनाइएको छ । जुम्ला, मुगु र कालीकोटबाट पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानले गरेको छ । यो प्रविधिले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको छ ।

कर्णाली प्रदेश सरकारले पनि तत्कालीन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ । आजदेखि नेपालगञ्ज र भारतदेखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

अस्पतालमा पीसीआर प्रविधिबाट स्वाब परीक्षण कार्य सफल भएपछि स्थानीय उत्साहित छन् । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमण भेटिएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ५२ बजे

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, तीनवटा निर्माणको अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको

एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे

पाटन– सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न

भक्तपुरमा आजदेखि इन्द्र जात्रा 

भक्तपुर– भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत