जुम्लामा पहिलोपटक पीसीआर विधिबाट कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

जुम्लामा पहिलोपटक पीसीआर विधिबाट कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए । उनका अनुसार मुगु खत्याडका एकजना सहित तातोपानी गाउँपालिकाका सातजनाको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालमा सो प्रविधि ल्याइएपछि यहाँ कोरोना परीक्षण गर्न सहज भएको छ । पहिलो पटक २०० किट पुगेपछि सो जाँचको परीक्षणको काम शुरु भएको थियो । अगामी शनिबारसम्म पुग्ने गरी एक हजार किट प्रतिष्ठानले माग गरेको छ ।

किट उपलब्ध हुनेबित्तिकै जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परीक्षण हुने जनाइएको छ । जुम्ला, मुगु र कालीकोटबाट पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानले गरेको छ । यो प्रविधिले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको छ ।

कर्णाली प्रदेश सरकारले पनि तत्कालीन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ । आजदेखि नेपालगञ्ज र भारतदेखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

अस्पतालमा पीसीआर प्रविधिबाट स्वाब परीक्षण कार्य सफल भएपछि स्थानीय उत्साहित छन् । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमण भेटिएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ५२ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा