संविधान र कानूनलाई ध्यानमा राखी जिम्मेवारी वहन गर्नेछु– नवनियुक्त महासचिव गौतम « Khabarhub

संविधान र कानूनलाई ध्यानमा राखी जिम्मेवारी वहन गर्नेछु– नवनियुक्त महासचिव गौतम


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा नवनियुक्त महासचिव डा भरतराज गौतमले संविधान र कानूनलाई ध्यानमा राखी आफ्नो जिम्वारी वहन गर्ने प्रतिक्रिया दिएका छन् ।

मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समन्वय गर्ने आफ्नो मुख्य जिम्मेवारी भएको पनि बताए ।

गौतमले  सभामुख र राष्ट्रियसभाको अध्यक्षले आफूलाई महासचिवका रुपमा सिफारिश गरेकामा उनीहरुप्रति आभार प्रकट गरे ।

‘एउटा राष्ट्रसेवक कर्मचारीले आफ्नो ठाउँमा रहेर जे जस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, संविधान, नियमावली र कर्मचारी प्रशासनसम्बन्धी व्यवस्थालाई ध्यानमा दिएर व्यावसायिकताका साथ काम सम्पन्न गर्ने प्रण गर्दछु,’ उनले भने ।

सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव डा भरतराज गौतमलाई मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ गराएका थिए । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा सभामुखले महासचिवलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष, सङ्घीय संसद्का विभिन्न समितिका सभापति, सांसद तथा सचिवालयका कर्मचारीको उपस्थिति थियो ।

शपथलगत्तै गौतमले महासचिवको कार्यकक्षमा पदवहाली गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ०८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको