नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव | Khabarhub Khabarhub

नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव

वीर अस्पतालसहित विभिन्न ल्याबमा परीक्षण रोकियो


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आरटी पीसीआर (रिजर्भ ट्रान्स्क्रिप्सन–पोलिमरेज चेइन रियाक्सन) विधिबाट कोरोना भाइरसको परीक्षण प्रयोग हुने (रिएजेन्ट) किटको अभाव भएको छ ।

परीक्षण किट नै अभाव भएपछि वीर अस्पताल, भैरहवा लगायतका केही प्रयोगशालाहरुमा कोरोना परीक्षणको काम रोकिएको छ ।

स्वास्थ्य मन्त्रलयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा समेत एकदिनमा २ सय २५ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण भएको देखिन्छ । विज्ञहरुले पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिइरहेको बेला नेपालमा भने परीक्षण किट नै अभाव देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार विदेशबाट आयत हुनपर्ने स्वास्थ्य सामाग्री समयममा नआउँदा नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव भएको हो ।

‘कोरोना परीक्षणको पीसीआर विधिमा प्रयोग हुने किट नेपालमा मात्र होइन विश्वभरी नै अभाव छ,’ मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खबरहबसँग भने, ‘हामीकहाँ आइपुग्नुपर्ने केही स्वास्थ्य सामाग्री समयमा नआइपुग्दा भनेजति अहिले हामीसँग सर्टेज (अभाव) छ ।’

सहप्रवक्ता डा अधिकारीका अनुसार विदेशी मुलुकबाट आइतबार नै आउनुपर्ने स्वास्थ्य सामाग्री उतै अड्किएपछि नेपालमा परीक्षण किटको अभाव भएको हो ।

‘सिंगापुरबाट आइतबार, सोमबाट नै आइपुग्नुपर्ने स्वास्थ्य सामाग्री त्यहिँ अड्किएर बसेको छ, नेपाल आइपुग्न सकेको छैन,’ सहप्रवक्ता डा अधिकारीले भने, ‘केही सामाग्रीहरु टेन्डरहरुमा सप्लाइ गर्ने कम्पनीले सप्लाइ गर्न नसकेर पनि स्वास्थ्य सामाग्री सजेट भएको हो ।’

विदेशी मुलुकबाट आउने स्वास्थ्य सामाग्री केही दिनभित्रमै नेपाल आउने सहप्रवक्ता अधिकारीको भनाइ छ । उनले भने, ‘एक–दुई दिनमा विदेशमा अड्किएको स्वास्थ्य सामाग्री नेपाल आउँछ, त्यसपछि नेपालमा अभाव हुँदैन ।’

नेपालमा हालसम्म हालसम्म १३ हजार ६ सय ४० वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले पीसीआर विधिबाट गरिएको परीक्षणबाट आउने नतिजालाई मात्र आधिकारिक मान्ने गरेको छ ।

विज्ञहरुले कोरोना संक्रमित पहिचानका लागि पीसीआर विधिबाट नै परीक्षण हुनुपर्ने बताउँदै आएका छन् ।

जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्ढडेले लकडाउनको समयमा पर्याप्त मात्रामा पीसीआर विधिबाट कोरोना परीक्षण नहुनु सरकारको कमजोरी भएको बताए ।

‘सरकारले लकडाउन गरेपछि र पीसीआर विधिबाट कोरोना परीक्षण गरी संक्रमितको व्यापक खोजी गर्नुपर्ने थियो, तर जनतालाई घरभित्र थुनेर सरकार राजनितीक खेलतिर लाग्यो,’ डा पाण्डेले खबरहबसँग भने, ‘अहिले परीक्षणको दायरा बढाउने समयमा सरकार किट अभाव भयो भनेर बसेको छ । सरकारले छिटो भन्दा छिटो परीक्षण किटको व्यवस्थापन गरेर कोरोना परीक्षण व्यापक गर्नुपर्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : २६ बजे

रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व– रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको ‘छोरी बचत खाता’ कार्यक्रम

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा

विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप

तनहुँ– तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन्

न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर)

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क