पैसा चोरी गर्न बैंकको एटीएम बुथ फुटाउने एक जना पक्राउ « Khabarhub

पैसा चोरी गर्न बैंकको एटीएम बुथ फुटाउने एक जना पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका वडा नम्बर १ मालुमेला घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का छन् ।

प्रहरीका अनुसार वैशाख १७ गते राति कैलालीको अत्तरिया बजारको महेन्द्रनगर रोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड भएको थियो ।

बुथमा रहेको सीसीटीभी क्यामेराले क्याप्चर गरेको फुटेज अध्ययन गर्ने क्रममा पैसा लुट्ने उद्देश्यले कसैले एटीएममा तोडफोड गरेको देखियो ।

सीसीटीभी फुटेजकै आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले एटीएम तोडफोड गर्ने कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई सोमबार कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ३५ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार