बाँझो जमिनमा खेती गरे गाउँपालिकाले अनुदान दिने « Khabarhub

बाँझो जमिनमा खेती गरे गाउँपालिकाले अनुदान दिने


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– पाँच वर्षभन्दा बढी अवधिदेखि बाँझो रहेको खेतीयोग्य जमिनको पुनःप्रयोग गर्न मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले भू–उपयोग कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

विभिन्न कारणले बाँझिएका खेतबारीलाई खनजोत गरी प्रयोगमा ल्याउन खेतीको प्रकृति हेरेर अनुदान रकम उपलब्ध गराइने गरी कार्यविधि पास भएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । कोरोनाको जोखिमले गाउँ फर्किएका एवं फर्कन चाहने नागरिकलाई लक्षित गर्दै यसअघि नै निर्माण गरिएको कार्यविधिलाई संशोधन गरेको उनले बताए ।

उनका अनुसार गाउँपालिकाले युवालाई कृषिमा आकर्षित गर्न तालिमसहित कृषि उद्यम गर्न लाग्ने बीउपूँजीसमेत उपलब्ध गराउने नीति लिएको छ । आर्थिकरुपमा विपन्न परिवारका १०० जना युवालाई पहिलो चरणमा तालिमसहित खेतीपाती तथा पशुपालनमध्येको कृषि उद्यमका लागि प्रोत्साहन बीउपूँजी सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।

कार्यविधिअनुसार विगतदेखि बाँझो रहेको जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार, अन्नबाली, तरकारी तथा थोरै सङ्ख्यामा पशुपालन गर्नेलाई प्रतिरोपनी ३ हजार तथा कम्तीमा ३० भन्दा बढी बाख्रा, पाँचभन्दा बढी गाई, १० वटाभन्दा बढी बङ्गुर पालन गर्ने किसानलाई रु एक लाखसम्म अनुदान उपलब्ध गराइने छ । त्यस्तै माछा पालन गर्नेलाई पोखरी निर्माणका लागि प्रतिरोपनी रु १५ हजार, मौरी पालन गर्नेलाई प्रतिघार रु पाँच हजार, जडीबुटी खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार अनुदान रकम उपलब्ध गराइने छ ।

कार्यविधिअनुसार खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई भने भूमिकर वृद्धि, पालिकामार्फत उपलब्ध हुने सेवा रोक्का, बाँझो जग्गा अधिग्रहण गरी भूमि बैंकमा दाखिला तथा मोहीलाई हस्तान्तर गरी दण्डितसमेत गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष हुमागाईंले स्थानीय नागरिकलाई अनुदान प्राप्त गर्न वडा कार्यालय हुँदै गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : २५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु