बाँझो जमिनमा खेती गरे गाउँपालिकाले अनुदान दिने « Khabarhub

बाँझो जमिनमा खेती गरे गाउँपालिकाले अनुदान दिने


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– पाँच वर्षभन्दा बढी अवधिदेखि बाँझो रहेको खेतीयोग्य जमिनको पुनःप्रयोग गर्न मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले भू–उपयोग कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

विभिन्न कारणले बाँझिएका खेतबारीलाई खनजोत गरी प्रयोगमा ल्याउन खेतीको प्रकृति हेरेर अनुदान रकम उपलब्ध गराइने गरी कार्यविधि पास भएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । कोरोनाको जोखिमले गाउँ फर्किएका एवं फर्कन चाहने नागरिकलाई लक्षित गर्दै यसअघि नै निर्माण गरिएको कार्यविधिलाई संशोधन गरेको उनले बताए ।

उनका अनुसार गाउँपालिकाले युवालाई कृषिमा आकर्षित गर्न तालिमसहित कृषि उद्यम गर्न लाग्ने बीउपूँजीसमेत उपलब्ध गराउने नीति लिएको छ । आर्थिकरुपमा विपन्न परिवारका १०० जना युवालाई पहिलो चरणमा तालिमसहित खेतीपाती तथा पशुपालनमध्येको कृषि उद्यमका लागि प्रोत्साहन बीउपूँजी सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।

कार्यविधिअनुसार विगतदेखि बाँझो रहेको जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार, अन्नबाली, तरकारी तथा थोरै सङ्ख्यामा पशुपालन गर्नेलाई प्रतिरोपनी ३ हजार तथा कम्तीमा ३० भन्दा बढी बाख्रा, पाँचभन्दा बढी गाई, १० वटाभन्दा बढी बङ्गुर पालन गर्ने किसानलाई रु एक लाखसम्म अनुदान उपलब्ध गराइने छ । त्यस्तै माछा पालन गर्नेलाई पोखरी निर्माणका लागि प्रतिरोपनी रु १५ हजार, मौरी पालन गर्नेलाई प्रतिघार रु पाँच हजार, जडीबुटी खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार अनुदान रकम उपलब्ध गराइने छ ।

कार्यविधिअनुसार खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई भने भूमिकर वृद्धि, पालिकामार्फत उपलब्ध हुने सेवा रोक्का, बाँझो जग्गा अधिग्रहण गरी भूमि बैंकमा दाखिला तथा मोहीलाई हस्तान्तर गरी दण्डितसमेत गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष हुमागाईंले स्थानीय नागरिकलाई अनुदान प्राप्त गर्न वडा कार्यालय हुँदै गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : २५ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट