लकडाउनका बेला भारतबाट नेपाल आएको ट्रकमा भेटियो १ करोड भारु « Khabarhub

लकडाउनका बेला भारतबाट नेपाल आएको ट्रकमा भेटियो १ करोड भारु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– लकडाउनका समयमा अत्यावश्यक बस्तुको ढुवानी गर्ने भन्दै भारतबाट नेपाल आएको ट्रकबाट १ करोड भन्दा बढी भारतीय रुपैयाँ (भारु) बरामद भएको छ ।

मोरङको रानी (विराटनगर) भन्सार नाका भएर नेपाल प्रवेश गर्न लागेको डब्लूबी–७३–ई ७६३५ नम्बरको ट्रकबाट १ करोड ९ लाख ८९ हजार ५ सय ३० भारु बरामद भएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार एकीकृत भन्सार जाँच चौकी प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा ट्रकमा एउटा कार्टुनमा हालेर लुकाइएको अवस्थामा भारतीय रुपैयाँ फेला परेको थियो ।

सशस्त्र प्रहरीले भारतीय रुपैयाँसहित २ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक रवि कुमार र सहचालक पप्पु छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी श्रेष्ठका अनुसार बयानका क्रममा ट्रकका चालकले आफू भारतको सुपौलबाट आएको बताएका छन् ।

आफूहरु विराटनगरबाट वाइपर लोड गरेर पुनः भारतको सिलगुडी फर्किने गरी आएको पनि चालकले बयानमा बताएका छन् ।

सशस्त्र प्रहरीले बरामद भएको भारतीय रुपैयाँसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : २७ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत