नेपालमा देखिएको कोरोना भाइरसको जिन पत्ता लगाउन अनुसन्धान गरिने « Khabarhub

नेपालमा देखिएको कोरोना भाइरसको जिन पत्ता लगाउन अनुसन्धान गरिने


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोरोना संक्रमितहरुमा देखिएको कोरोना भाइरसको जिनबारे अनुसन्धान गर्ने भएको छ ।

परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार नेपालका संक्रमितहरुमा भएको कोरोना भाइरसको जिन पत्ता लगाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा परिषद्ले कोरोना संक्रमितमा भएको कोरोना भाइरसको जिन पत्ता लागाउन लागेको हो । त्यसका लागि परिष्दले विज्ञहरुसँग छलफल समेत गरेको रजिष्ट्रार खनालले बताए ।

‘कोरोना भाइरसको कुनचाहिँ जिन नेपालमा बढी छ वा कुन जिनले गर्दा नेपालीहमा कोरोना पोजेटिभ छ भनेर पत्ता लगाउन नेपालका भाइरोलोजीमा काम गर्ने विज्ञ र सम्बन्धित संख्याहरुसँग छलफल भयो,’ परिषद्का रजिष्ट्रार खनालले भने, ‘विज्ञहरुसँगको छलफलमा अब नेपालमा जिन सिकोइन्सिङ गर्नुपर्छ र कुन जिन देखिएको छ भनेर पत्ता लगाउन अब प्रक्रिया शुरु भएको छ ।’

परिषद्का रजिष्ट्रार खनालले छुट्टै मापदण्ड बनाएर छिट्टै अनुसन्धान शुरु गर्ने बताए । उनका अनुसार जिनको म्यापिङ गरेर भाइरसको संक्रमण पछि शरीरको रगतमा उत्पादन हुने एन्टिबडीको पनि अनुसन्धान गरिने छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ५१ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु