नेपालमा देखिएको कोरोना भाइरसको जिन पत्ता लगाउन अनुसन्धान गरिने « Khabarhub

नेपालमा देखिएको कोरोना भाइरसको जिन पत्ता लगाउन अनुसन्धान गरिने


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोरोना संक्रमितहरुमा देखिएको कोरोना भाइरसको जिनबारे अनुसन्धान गर्ने भएको छ ।

परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार नेपालका संक्रमितहरुमा भएको कोरोना भाइरसको जिन पत्ता लगाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा परिषद्ले कोरोना संक्रमितमा भएको कोरोना भाइरसको जिन पत्ता लागाउन लागेको हो । त्यसका लागि परिष्दले विज्ञहरुसँग छलफल समेत गरेको रजिष्ट्रार खनालले बताए ।

‘कोरोना भाइरसको कुनचाहिँ जिन नेपालमा बढी छ वा कुन जिनले गर्दा नेपालीहमा कोरोना पोजेटिभ छ भनेर पत्ता लगाउन नेपालका भाइरोलोजीमा काम गर्ने विज्ञ र सम्बन्धित संख्याहरुसँग छलफल भयो,’ परिषद्का रजिष्ट्रार खनालले भने, ‘विज्ञहरुसँगको छलफलमा अब नेपालमा जिन सिकोइन्सिङ गर्नुपर्छ र कुन जिन देखिएको छ भनेर पत्ता लगाउन अब प्रक्रिया शुरु भएको छ ।’

परिषद्का रजिष्ट्रार खनालले छुट्टै मापदण्ड बनाएर छिट्टै अनुसन्धान शुरु गर्ने बताए । उनका अनुसार जिनको म्यापिङ गरेर भाइरसको संक्रमण पछि शरीरको रगतमा उत्पादन हुने एन्टिबडीको पनि अनुसन्धान गरिने छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ५१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग