विवश म « Khabarhub

विवश म


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सजना कोइराला

ऊ अगाडि बढौँ भन्छ
म यतै बसौँ भन्छु
उ लम्कने जिद्दी गर्छ
उसलाई पुग्नु छ त्यो चुचुरो
जहाँ सबै उत्तर छ
जहाँ चरम सुख छ

तर

म यतैको मोहमा छु
जहाँ आशा छ जोश छ
अनि चञ्चलता छ
मन यतै केहीबेर रामाउँ भन्छ
किनकि
चुचुरोसम्मको बाटो लामो छ
त्यहाँ चट्टान छन् ठेस छन्
त्यहाँ आँशु छन् अनि पीडा छन्
त्यहा विछोड छन् अनि निराशा छन्

नचाहँदा-नचाहँदै
ऊ मलाई घिसार्दै छ
उही गन्तव्यतर्फ
मविवश अनि निराश
अघि बढिरहेछु उसकै इशारामा

हाल सिड्नी, अष्ट्रेलिया

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा