लकडाउन लम्ब्याउने तयारी, भोलि मन्त्रिपरिषदले निर्णय गर्ने « Khabarhub

लकडाउन लम्ब्याउने तयारी, भोलि मन्त्रिपरिषदले निर्णय गर्ने


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिने जनाएको छ ।

लकडाउनलाई निरन्तरता दिने निर्णय भए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्नेछ ।

समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बैठकपछि भने, ‘सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’

बैठकमा छलफल भएको विषयबारे जानकारी दिँदै सचिव विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक थपिएको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन कसरी सामान्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउनलाई पनि निरन्तरता दिइने निर्णयमा समिति पुगेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली