नेपालगञ्जमा समुदायस्तरमा कोरोना भाइरसको परीक्षण गरिँदै | Khabarhub Khabarhub

नेपालगञ्जमा समुदायस्तरमा कोरोना भाइरसको परीक्षण गरिँदै


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।

मंगलबारदेखि तीन दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी पूर्वसङ्केत भएकाले नेपालगञ्जलाई नै निषेधित क्षेत्र घोषणा गरेर शङ्कास्पद समुदायका सबैको कोरोना जाँच गरिँदैछ ।

दोस्रो चरणबारे थाहा नपाउँदै नेपालगञ्जमा कोरोना सङ्क्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रोटोकलमा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ ।

‘नेपालगञ्जमा कोरोना दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाई समुदायस्तरमा सरेको पाइएकोले तेस्रो चरणको सङ्क्रमण हो’, श्रेष्ठले भने, ‘कम्युनिटी ट्रान्समिसन महामारीपूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता भएको छ ।’

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले सङ्क्रमितबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ जोखिम बढेकाले सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताए ।

‘सङ्क्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ । यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै शिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ’, उनले भने, ‘सङ्क्रमित ब्यक्तिबाट अन्य व्यक्ति हुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगञ्ज कोरोनाको खतरा मोडमा पुगेको छ ।’

नेपालगञ्जमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ पुगेपछि त्यहाँ समुदायस्तरको परीक्षण सुरु गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ४० बजे

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई