हुम्लामा ‘किट’ अभाव हुँदा कोरोना परीक्षण रोकियो « Khabarhub

हुम्लामा ‘किट’ अभाव हुँदा कोरोना परीक्षण रोकियो


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागत्रिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोएिको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ । अन्य ६ स्थानीय तहमा किट नहुँदा ठूलो संख्याका जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएकालाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस परीक्षण रोकिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन् । किट अभावमा परीक्षणको काम रोकिएको हो ।

प्रदेश सरकारले पहिलो पटक पठाएका किट सबै सकिएपछि परीक्षणमा समस्या निम्तिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा किट अभाव भएपछि कर्णाली प्रदेश सरकारसँग माग गरिएको प्रमुख सिंहले जानकारी दिए ।

यही वैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट ७७४ जना र हवाई मार्गबाट ४८० जना हुम्ला भित्रिएका छन् । उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी कोरोना भाइरस संक्रमण परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्योलमा छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ०७ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने