सीमानामा हुने आवतजावतमा थप कडाइ गर्न बारको आग्रह « Khabarhub

सीमानामा हुने आवतजावतमा थप कडाइ गर्न बारको आग्रह


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएशनले सीमानाका तथा खुला सिमानाका कारण भारततर्फबाट हुने आवातजावतमा थप कडाइ गर्न र आन्तरिक आवागमनमा पनि थप जाँच परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।

महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको परीक्षणको दायरा बढाई भरपर्दो विधि र उपकरणमार्फत धेरै सङ्ख्यामा परीक्षण गर्न र आवतजावतमा कडाइ गर्न आग्रह गरेको छ ।

दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गर्न, राहत वितरणमा समान र भेदभावरहित विधिबाट दुरुपयोग नहुने गरी गुणस्तरीय राहत सामग्री वितरण गर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गरी रोग र भोकबाट मर्न नपर्ने गरी नीति निर्माण गर्र्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जथाभावी सवारी पास वितरण नगर्न र वितरित सवारीसाधन पासको दुरुपयोग रोक्नसमेत सरकारसँग जोड्दार माग गर्दछौँ ।”

बारले जनताको धैर्यता र सहनशीलताका लागि उच्च सम्मान गर्दै राहत वितरण सही किसिमले नभइरहेको र पहुँचवालाले आफूखुशी गरेका कारणले पनि कतिपय ठाउँमा झडपको स्थितिसमेत सिर्जना भएको जनाएको छ ।

“वास्तविक राहत चाहिने व्यक्तिले नपाएको भन्ने समेत जनगुनासो आइरहेका छन्, रोगबाट बचाउने प्रयास गरिरहँदा भोकबाट मर्ने त होइन भन्ने आशङ्का पनि देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “रोग र भोगबाट कोही पनि व्यक्तिलाई मर्न नदिनका लागि सरकारबाट थप प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ ।” महामारीको प्रकोप दिनानुदिन बढ्दै गइरहेको अवस्थामा सरकारले महामारीलाई नियन्त्रणको प्रयास जारी राखे पनि बन्दाबन्दीको पनि पूर्ण पालना हुन नसक्दा थप सङ्क्रमण बढ्न जाने खतरा बढिरहेको बारले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : २७ बजे

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी