जमिन बाँझो नराख्नु- हेटौंडा उपमहानगर « Khabarhub

जमिन बाँझो नराख्नु- हेटौंडा उपमहानगर


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- कृषियोग्य जमिनको सदुपयोग गर्दै उत्पादन बढाउन हेटौंडा उपमहानगरपालिकाले नयाँ अभ्यास थालेको छ । उपमहानगरपालिकाले कृषियोग्य जमिन बाँझो नराख्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

लामो समय सम्मको लकडाउनपछी खाद्यान्नको समस्या हुने भएकाले बाँझो अवस्थामा रहेका जमिन खाली नराख्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गरे । अहिले खाली अवस्थामा रहेका खेतबारीलाई तत्काल उपयोगमा ल्याउनुपर्ने उनको भनाई छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका लागि प्रविधि हस्तान्तरण, कृषिमा आधुनिकीकरणमा जोड दिएको छ । आउँदो आर्थिक वर्ष र यो वर्ष पनि बाँकी रहेको बजेटलाई उर्वर जमिनलाई उपयोगमा ल्याउनेगरी काम गर्न लागिएको मेयर महतले बताए ।

लामो समयको लकडाउनका कारण बेरोजगारी समस्या बढ्दै गएकाले कृषि क्षेत्रमा लाग्ने युवाहरुलाई सहयोग गरिने उपमहानगरपालिकाको योजना छ ।

कोरोना भाइरसको महामारीका कारण रोजगारी क्षेत्रमा बढी असर पर्न गएकाले नगर क्षेत्रमा खेती योग्य जमिन बाँझो नराख्नका लागि सवैमा आगैह गरिएको र किसानका लागि सहयोगका कार्यक्रम पनि ल्याइने मेयर महतले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ५३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु