वीरगन्जमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु « Khabarhub

वीरगन्जमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- नारायणी अस्पतालमा मंगलबार साँझदेखि कोरोना भाइरस (कोभिड १९) को आरटी पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधिबाट नमुना परीक्षण थालिएको छ ।

गत वैशाख ३ मा पीसीआर मेसिन अस्पतालमा आए पनि त्यसलाई सञ्चालन गर्ने सहायक उपकरण अभावमा परीक्षण हुन सकेको थिएन ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले मंगलबार १६ वटा नमुनाको परीक्षण सुरु गरिसकिएको बताए । उनकाअनुसार पीसीआर मेसिनमा एकपटकमा ३५ वटा नमुना परीक्षण गर्न सकिन्छ । ‘एक पटकको नमुना परीक्षणका लागि ६ घन्टा समय लाग्न्छ,’ डा.उपाध्यायले भने, ‘यस मेसिनले १२ घन्टामा ७० वटा नमुना परीक्षण गरी रिपोर्ट दिनसक्छ ।’

यसअघि पर्सा, बारा, रौतहटसम्मको नमुना संकलन गरी परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिएको थियो । पछिल्लो समयमा टेकुको प्रयोगशालामा नमुना परीक्षण रिपोर्ट आउन २/३ दिनसम्म कुर्नुपर्थ्यो ।

गत चैत ३० मा ३ भारतीय मुस्लिम धर्म प्रचारकसहित वैशाख १४ यता वीरगन्जका स्थानीय ३ जना र बाराका २ जनामा कोभिड १९ पुष्टि भएपछि वीरगन्ज र आसपासका क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : ४३ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक