वीरगन्जमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु « Khabarhub

वीरगन्जमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- नारायणी अस्पतालमा मंगलबार साँझदेखि कोरोना भाइरस (कोभिड १९) को आरटी पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधिबाट नमुना परीक्षण थालिएको छ ।

गत वैशाख ३ मा पीसीआर मेसिन अस्पतालमा आए पनि त्यसलाई सञ्चालन गर्ने सहायक उपकरण अभावमा परीक्षण हुन सकेको थिएन ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले मंगलबार १६ वटा नमुनाको परीक्षण सुरु गरिसकिएको बताए । उनकाअनुसार पीसीआर मेसिनमा एकपटकमा ३५ वटा नमुना परीक्षण गर्न सकिन्छ । ‘एक पटकको नमुना परीक्षणका लागि ६ घन्टा समय लाग्न्छ,’ डा.उपाध्यायले भने, ‘यस मेसिनले १२ घन्टामा ७० वटा नमुना परीक्षण गरी रिपोर्ट दिनसक्छ ।’

यसअघि पर्सा, बारा, रौतहटसम्मको नमुना संकलन गरी परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिएको थियो । पछिल्लो समयमा टेकुको प्रयोगशालामा नमुना परीक्षण रिपोर्ट आउन २/३ दिनसम्म कुर्नुपर्थ्यो ।

गत चैत ३० मा ३ भारतीय मुस्लिम धर्म प्रचारकसहित वैशाख १४ यता वीरगन्जका स्थानीय ३ जना र बाराका २ जनामा कोभिड १९ पुष्टि भएपछि वीरगन्ज र आसपासका क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : ४३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय