प्रदेश १ बाट थप ३० जना निको भए « Khabarhub

प्रदेश १ बाट थप ३० जना निको भए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ को विराटनगर र धरानबाट कोभिड-१९ का थप ३० जना संक्रमित निको भएर घर फर्केका छन्।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ भर्ना भएका २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भएर फर्केका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। योसँगै प्रदेश १ बाट निको भइ घर फर्केनेको संख्या ७८ पुगेको छ।

विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ जना छन्। विराटनगरबाट घर फर्केनेमा एकजना पूर्व सङ्क्रमित छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शय्याको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। केही दिनभित्र मेची अस्पतालमा थप दुई शय्याको केन्द्र स्थापना गरिने घिमिरेले बताए।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : ०३ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध