चौरजहारी घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने | Khabarhub Khabarhub

चौरजहारी घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ६ जनाको ज्यान जाने गरी रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए ।

सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने भएको हो ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम (पश्चिम) घटनाको निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको गठन गर्न पुनः माग गरेको थियो । बैठकमा समय माग गरेर कांग्रेस सचेतक पुष्पा भुसालले सो घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताइन ।

घटनाको अनुसन्धानलाई सरकारका तर्फबाट प्रभावित बनाउने र हल्का बनाउने ढङ्गबाट राज्यको अभिव्यक्ति आएको आरोप लगाउँदै उनले भनिन्, ‘घटनामा अपराध मात्र भएको छैन, मानावताविरुद्धको गम्भीर अपराध भएको छ, जातीय विभेद अन्त्य गर्न कानून बनायौँ तर यस घटनाले परिवर्तनकामी समुदायमा अन्याय गरेको छ ।’

अन्तरजातीय प्रेम सम्बन्धका विषयलाई लिएर यही जेठ १० गते जाजरकोट र रुकुमपश्चिमका स्थानीयवासीबीच विवाद हुँदा यो घटना भएको थियो ।

बैठकमा सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले केही दिनअघि सदनमा सांसद गंगा चौधरीले दिएको वक्तव्यले आफूहरुको अपमान भएको जनाउँदै चौधरीले माफी माग्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १ : ४२ बजे

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना

स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब आवश्यक : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता

श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र

कीर्तिपुरको प्रसंग दोहोर्‍याउँदै गगनले भने- सीप र क्षमता दिए डाँडामा बसेर महिनाको दुई-तीन लाख कमाइन्छ

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरको डाँडामा बसेर