महामारीले मानव जातिलाई प्रकृतिबारे सोच्न बाध्य बनायो – अध्यक्ष राणा | Khabarhub Khabarhub

महामारीले मानव जातिलाई प्रकृतिबारे सोच्न बाध्य बनायो – अध्यक्ष राणा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीले मानव जातिलाई प्रकृतिबारे सोच्न बाध्य बनाएको बताएका छन् ।

वातावरण दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटरबाट आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष राणाले महामारीले मानव जातिकै चेत खुलाउने काम गरेपनि नेपालको वर्तमान सरकारको भने चेत खुल्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष राणाले वातावरणको सम्मान गर्न सके विश्व समाजकै कल्याण हुने बताए । यही अर्थमा नेपालमा पनि शासक वर्गको मनमष्तिक परिवर्तन हुनुपर्छ भन्ने भनाइ सार्वजनिक गरे ।

‘वातावरणको सम्मानमा मानवजातिको कल्याण छ । कोरोना प्रकोपले प्रकृतिसँगको सम्बन्धबारे विश्वलाई सोच्न बाध्य तुल्याएको छ । बजेटको सूचना चुह्यो भन्ने नैतिक प्रश्नसँगै विद्युतीय सवारीमा बढ्दो करले अर्थमन्त्री, सरकारको चेत नखुलेको प्रष्ट छ,’ राणाले भने ।

वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा जोड दिँदै उनले भने, ‘वातावरण दिवसमा मनमष्तिक परिवर्तन होस् भन्ने कामना ।’

कोरोना महामारीसँगै कायम रहेको बन्दाबन्दीको समयमा प्रकृति र पर्यावरणको क्षेत्रमा राहत महसुस गरिएको छ । प्रदुषण घटेसँगै वायुमण्डल, नदिनाला लगायतमा सकारात्मक प्रभावहरू देखा परेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : २५ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र