महामारीले मानव जातिलाई प्रकृतिबारे सोच्न बाध्य बनायो – अध्यक्ष राणा « Khabarhub

महामारीले मानव जातिलाई प्रकृतिबारे सोच्न बाध्य बनायो – अध्यक्ष राणा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीले मानव जातिलाई प्रकृतिबारे सोच्न बाध्य बनाएको बताएका छन् ।

वातावरण दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटरबाट आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष राणाले महामारीले मानव जातिकै चेत खुलाउने काम गरेपनि नेपालको वर्तमान सरकारको भने चेत खुल्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष राणाले वातावरणको सम्मान गर्न सके विश्व समाजकै कल्याण हुने बताए । यही अर्थमा नेपालमा पनि शासक वर्गको मनमष्तिक परिवर्तन हुनुपर्छ भन्ने भनाइ सार्वजनिक गरे ।

‘वातावरणको सम्मानमा मानवजातिको कल्याण छ । कोरोना प्रकोपले प्रकृतिसँगको सम्बन्धबारे विश्वलाई सोच्न बाध्य तुल्याएको छ । बजेटको सूचना चुह्यो भन्ने नैतिक प्रश्नसँगै विद्युतीय सवारीमा बढ्दो करले अर्थमन्त्री, सरकारको चेत नखुलेको प्रष्ट छ,’ राणाले भने ।

वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा जोड दिँदै उनले भने, ‘वातावरण दिवसमा मनमष्तिक परिवर्तन होस् भन्ने कामना ।’

कोरोना महामारीसँगै कायम रहेको बन्दाबन्दीको समयमा प्रकृति र पर्यावरणको क्षेत्रमा राहत महसुस गरिएको छ । प्रदुषण घटेसँगै वायुमण्डल, नदिनाला लगायतमा सकारात्मक प्रभावहरू देखा परेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका