भोजपुरमा ५ संक्रमित थपिए « Khabarhub

भोजपुरमा ५ संक्रमित थपिए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

४८ जनामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।

भारतबाट आएका ४२ जना, ४ जना सुरक्षाकर्मी र २ जना स्थानीयको पीसिआर परिक्षण गरिएकोमा भारतबाट आएका षडानन्द नगरपालिकाका १७, १९, २९, ३० र ३२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो।

कोरोना पुष्टि भएका ५ जना नै जेठ १३ गते सुनौली नाका हुँदै भोजपुर पुगेका हुन्। कोरोना संक्रमण पुष्टि भएकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको भए पनि प्रदेश सरकारले मोरङको गोठगाँउ पठाउनु भनेकाले उतै पठाइने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।

उनले कोरोना संक्रमण पुष्टि भएकालाई पठाउन सवारीको अभाव भएको बताए। १३ गते सुनौली नाकाहुदै भारतबाट आएका ६ जना मध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

बाँकी १ जनालाई अरुण गाउँपालिकास्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको छ। भोजपुरमा यसअधि कोरोना संक्रमण पुष्टि भएका एक पुरुष भने कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : ४९ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा