सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना जितेर घर फर्किए « Khabarhub

सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना जितेर घर फर्किए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा उपचारत ६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बनाएको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकाको आधारमा अस्पतालमा १४ दिन अघि भर्ना भएका ६ जनालाई डिस्चार्ज गरीएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले खबरहबलाई बताए ।

अस्पतालबाट डिस्चार्ज हुनेहरुमा अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीया बालिका र ३७ वर्षका पुरुष रहेका छन् । यस्तै बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २२ सोही गाउँपालिकाका २२ र २७ वर्षका पुरुषहरुलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार उनीहरुलाई स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसारको कोरोनाको लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न निर्देशन दिदै अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु