नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । जसमध्य १९५ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२  पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ ।

उनीहरुमध्ये सुनसरीका ८ जना १८ देखि ४० वर्ष सम्मका पुरुष छन् । यस्तै झापाका एकजना २० वर्षीया पुरुष, मोरङका ६ जना १५ देखि ३० वर्ष उमेरका पुरुषहरु रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये अर्घाखाँचीका एकजना ३६ वर्षका पुरुष, नवरपरासीका २ जना २१ र ३२ वर्षका पुरुष, पाल्पाका एकजना ४५ वर्षका पुरुष, रुपन्देहीका १८ जना ४८ वर्षकी एक महिला र १८ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा १७ र २५ वर्षका दुईजना पुरुष, बाराका २ जना २६ र २७ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै पोखराको गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा गरिएको प्रयोगशालामा २ जनाको पोजेटिभ आएके छ ।उनीहरु तनहुँका ३९ र ४० वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १९ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये भोजपुरका ५ जना १७ देखि ३२ वर्षका पुरुषहरु, झापाका ३५ वर्षका एकजना पुरष, सुनसरीका १३ जना रहेका छन् ।उनीहरु ७ वर्षकी बालिका र १४ वर्षका बालक सहित ४७ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा ११ जनाको पोजेटिभ आएको छ ।उनीहरु कैलालीका ४ जना २२ वर्षकी महिला र १६ देखि ३२ वर्ष सम्मका पुरुषहरु, अछामका २९ वर्षका पुरुष, बझाङका २६ वर्षका पुरुष,डडेल्धुराका ५ जना १९ देखि ५७ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालमा २२ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये रामेछापका १७ जना १७ देखि ४९ वर्ष उमेर समुहका पुरुषहरु, काभ्रेका ५ जना २० देखि २९ वर्ष सम्मका ३ जना महिला र २ जना पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १० जनाको पोजेटिभ आएको छ ।उनीहरु झापाका १० वर्षका बालक देखि २८ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये दैलेखका ९० जना रहेका छन् । ९ वर्षकी बालिका देखि २२ वर्ष सम्मका ३ महिला र ४ वर्षका बालक देखि ५६ वर्ष उमेरका ८७ जना पुरुषहरु रहेका छन् । यस्तै जुम्लाका २८ देखि ३५ वर्ष सम्मका ३ जना पुरुषहरु पनि संक्रमित भएका छन् ।

यस्तै हुम्लाको चंखेली घर भएका जुम्लामा कार्यारत एकजना ५८ वर्षका पुरुष, दोलखा घर भएका जुम्लामा रहेका एकजना २५ वर्षका पुरुष, रामेछाप घर भएका जुम्लामा कार्यारत२३ वर्षका पुरुष, गोरखा घर भएका जुम्लामै कार्यारत २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ ।उनीहरु सुर्खेत २४ र दाङका २२ वर्षका पुरुषहरु छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये बाराका एकजना, धनुषाका ४ जना, गुल्मी घर भएका हाल काठमाडौंका निजी अस्पतालमा उपचारत ७६ वर्षका पुरुष, कपिलवस्तुका ४ जना २८ वर्षका एक महिला देखि ८ महिने बालक देखि ५२ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै कास्की घर भएका काठमाडौंको एक निजी अस्पतालमा उपचारत ६० वर्षका पुरुषको पनि पोजेटिभ आएको छ ।
यस्तै महोत्तरीका १७ जना १४ देखि ५४ वर्ष सम्मका पुरुष र रौतहटका ६ जना ३८ वर्षकी महिला देखि ३ वर्षका बालक र ४० वर्ष सम्मका पुरुषहरु संक्रमित भएका छन् ।

नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टाम ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३३३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ४ : २६ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी