नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो « Khabarhub

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा बिहीबार ज्यान गुमाएका २८ वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष  र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुष गरी १० जनाको मृत्यु भएको थियो ।

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । जसमध्ये १९५ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२  पुगेको जानकारी दिएका हुन् ।

नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टाम ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३३३ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,२३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ४ : ४४ बजे

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी

ग्यास अभावमा आत्तिनुपर्ने अवस्था छैन : मन्त्रालय

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको मागमा चाप बढेर

पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीमा देखिएको आन्तरिक विभाजन