२४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण « Khabarhub

२४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा २४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख २१ हजार ३ सय ३२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

८८ हजार ३ सय ६६ जनाको पिसिआर र १ लाख ३२ हजार ९ सय ६६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

शुक्रबार २ सय ७८ जना थपिएसँगै संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। जसमध्ये ३ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। ११ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा ७६, प्रदेश २ मा १ सय २१, बागमतिमा ३२, गण्डकीमा ३, प्रदेश ५ मा ९२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मुलुकभर हाल २ हजार ५ सय ६८ जना अस्पतालको आईसोलेसनमा छन्।

प्रदेश १ मा १ सय ६६, प्रदेश २ मा ८ सय ७१, बागमतिमा ५०, गण्डकीमा ५४, प्रदेश ५ मा ८ सय ६९, कर्णालीमा ४ सय ७५ र सुदूरपश्चिममा ८३ जना आईसोलेसनमा छन्। १ लाख ६६ हजार ७ सय ६५ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ४ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब