नेपालका ६८ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ? « Khabarhub

नेपालका ६८ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ ।

हालसम्म नेपालका ६८ जिल्लामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।

कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उनले जानकारी दिए ।

अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् ।

शुक्रबार ४० जना डिस्चार्ज भएका छन् । सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा. देवकोटाले जानकारी दिए ।

हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’ मा छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् । दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’ मा रहेका उनले जानकारी दिए ।

यस्तो छ प्रदेशगत कोरोना संक्रमितको सूची 

प्रदेश नम्बर १ को १२ जिल्लामा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का ८ जिल्लामा ९ सय ९३ जना

बाग्मती प्रदेशका १२ जिल्लामा ८५ जना

गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना

प्रदेश ५ का ११ जिल्लामा ९ सय ६५ जना

कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ जना

सुदुरपश्चिमका ९ जिल्लामा ९१ जना

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ५ : २३ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति