नेपालका ६८ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ? « Khabarhub

नेपालका ६८ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ ।

हालसम्म नेपालका ६८ जिल्लामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।

कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उनले जानकारी दिए ।

अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् ।

शुक्रबार ४० जना डिस्चार्ज भएका छन् । सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा. देवकोटाले जानकारी दिए ।

हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’ मा छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् । दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’ मा रहेका उनले जानकारी दिए ।

यस्तो छ प्रदेशगत कोरोना संक्रमितको सूची 

प्रदेश नम्बर १ को १२ जिल्लामा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का ८ जिल्लामा ९ सय ९३ जना

बाग्मती प्रदेशका १२ जिल्लामा ८५ जना

गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना

प्रदेश ५ का ११ जिल्लामा ९ सय ६५ जना

कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ जना

सुदुरपश्चिमका ९ जिल्लामा ९१ जना

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ५ : २३ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका