स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा : मुख्यन्त्री भट्ट « Khabarhub

स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा : मुख्यन्त्री भट्ट


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका छन् ।

आज प्रदेशसभाको नीति तथा कार्यक्रममाथिको छलफललाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र भएको उल्लेख गर्दै कृषि, रोजगारीलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।

प्रदेशमा सङ्क्रामक रोग अस्पताल सञ्चालन गर्ने तयारी रहेकाले क्यान्सर अस्पताल निर्माण गर्ने कुरामा प्रदेश सरकारले जोड दिइरहेको उनको भनाइ छ ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेु नै मुख्य कुरा रहेको बताउँदै उनले भने, “अब नीति तथा कार्यक्रम कागजमा मात्र होइन व्यावहारिकरुपमा कार्यान्वयन हुन्छ ।”

उनले भारत तथा प्रवासबाट फर्केका सुदूरपश्चिमवासीलाई रोजगारीको व्यवस्था गर्न जिल्ला तथा स्थानीय तहमा निर्माण गरिने सडक, नाली, विकास निर्माणलगायत तथा कृषि क्षेत्रमा संलग्न गराई मौसमी रोजगार उपलब्ध गराइने बताए ।

उनले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका क्षेत्रमा प्रदेश सरकारले बस्तीको विकास, त्यहाँका नागरिकको जीवन उकास्ने कार्यक्रम, सुरक्षा व्यवस्थालगायतका विशेष योजना ल्याउने उल्लेख गरे ।

उनले सङ्घीय सरकारको सहकार्यमा प्रदेश र स्थानीय तहबाट पश्चिम सेती अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गरिने बताए ।

मुख्यमन्त्री भट्टले अब योजना, कार्यक्रम, प्रदेशसभा सदस्यको मागका आधारमा रकम विनियोजन गरिने बताउँदै भने, “पटकपटक डल्लो बजेटका नाममा सरकार बदनाम भएकाले अब डल्लो होइन, जति योजना, कार्यक्रम छन् त्यहीअनुसार रकम विनियोजन हुन्छ, जनप्रतिनिधि, प्रदेशवासी सबैका योजना सम्बोधन गर्नेमा प्रदेश सरकार कटिबद्ध रहेको छ ।”

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ५६ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा