हालसम्म ३ सय ३३ जना कोरोना संक्रमित निको भए « Khabarhub

हालसम्म ३ सय ३३ जना कोरोना संक्रमित निको भए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३ सय ३३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको जनाएका हुन् ।

पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा कोसी अस्पताल विराटनगरबाट २७ छन् । उनीहरु धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका हुन् ।

त्यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पतालबाट १३ जना निको भएर घर फर्किएका छन् । धरानबाट ३ जना डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए । अरु यसअघि नै विभिन्न जिल्लाका अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

निको हुनेमा २७२ पुरुष र ६१ महिला छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ६ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना