कोरोना संक्रमित बढेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमित बढेसँगै दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन दैलेख प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

भारतबाट आउनेको संख्या र संक्रमित बढ्न थालेपछि थप जोखिम बढ्न नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

राजपत्रमा उल्लेख भएका अत्यावश्य सेवाबाहेकका अन्य कामहरु नगर्न प्रशासनले आदेश दिएको छ । नारायण नगरपालिकाको सम्पूर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामा निषेधित क्षेत्र तोकिएको छ।

दैलेखमा शुक्रबारमात्रै ९१ जनामा कोरोना संक्रमित थपिएका छन् योसँगै संक्रमितको संख्या ३ सय ८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु