म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’ पठाइयो | Khabarhub Khabarhub

म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’ पठाइयो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ ।

बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्मारबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टिनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । आज म्यान्मारबाट आउनेमा वाग्मती प्रदेशका १७ जना छन् । त्यस्तै गण्डकी प्रदेशका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना रहेका छन् ।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । उनीहरुलाई आज म्यान्मारकै सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो ।

उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मार गएका छन् ।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (युएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ ।

विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : ०५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले