कोरोना बीमा सुचारु गर्न निर्देशन « Khabarhub

कोरोना बीमा सुचारु गर्न निर्देशन


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले कोभिड–१९ बीमालेख (कोरोना बीमा) पुन : सुचारु गर्ने निर्णय गरेको छ ।

सरकारले जोखिम अर्थात् दायित्व बहन गर्न सहमति दिएपछि पुन : उक्त बीमा सेवा सुचारु गर्ने निर्णय गरिएको हो ।

कम्पनीको पुँजीभन्दा दायित्व बढी भएपछि बिहीवार मात्र कोरोना बीमा कारोबार स्थगित गर्ने निर्णय गरिएको थियो । तर, समितिले त्यसको भोलिपल्ट अर्थात् शुक्रवार उक्त निर्णय उल्टाएको हो ।

समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोरोना बीमा सेवा पुनः सुचारु गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

यद्यपि अब जारी हुने बीमालेख (पोलीसी ) ले आगामी चैत मसान्तसम्मको मात्र जोखिम बहन गर्नेछ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : ५५ बजे

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।