बाँदरमुढे घटनाका १५ वर्ष : अझै पीडितले पाएनन् न्याय « Khabarhub

बाँदरमुढे घटनाका १५ वर्ष : अझै पीडितले पाएनन् न्याय


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढे घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन् ।

उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए । घाइते शारीरिक तथा मानसिक आघातमा अहिले पनि न्यायको प्रतिक्षामा छन् । उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी पीडितलाई अझैसम्म सत्य, न्याय र परिपूरण हुन सकेको छैन ।

वकालत मञ्च नेपालले आज प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको स्वतन्त्र विज्ञको टोली गठन गरेर औपचारिक फौजदारी अनुसन्धान पुनःआरम्भ गर्न आह्वान गरेको छ ।

मञ्चले न्यायको माग गरिरहेका सबै पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै घटनामा निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्न तथा पीडित र साक्षीको सुरक्षाका लागि उपयुक्त उपाय अपनाउन आह्वान गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गर्नुभएको भए पनि यस्ता प्रकृतिका घटना नदोहोरिनका लागि कुनै पनि उपाय अपनाउन सकेको देखिँदैन ।”

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ९ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर