राष्ट्रपतिबाट शीतल निवास परिसरमा वृक्षारोपण | Khabarhub Khabarhub

राष्ट्रपतिबाट शीतल निवास परिसरमा वृक्षारोपण


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षारोपण गरेकी छिन् ।

दिवसको अवसरमा शीतल निवास परिसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ ।

यसैबीच दिवसकै अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले गोठाटारको पुलसँगैको नदी किनारमा सफाइ गरेको छ ।

नदी किनारका साथै कपुर उद्यानमा सरसफाइ गरिएको सचिव ईश्वर पुडासैनीले बताए ।

वातावरण संरक्षणका लागि प्रत्येक वर्ष दिवसको अवसर पारेर जुन ५ तारिखका दिन समाजले सफाइ, वृक्षारोपणलगायत कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गरी निश्चित मानिसले मात्र निरन्तरतास्वरुप कार्यक्रम गरिएको पनि उनले बताए ।

दिवसकै अवसरमा समाजको बाँके शाखाले आज आयोजना गरेको बाँकेस्थित हिन्दू श्मसान भूमिमा नीम, पिपल, सिसम, तुलसी, मसला, सागोन, अमला, जामुनलगायत बिरुवा रोपिएको जनाइएको छ ।

रुपन्देही शाखाको आयोजनामा आज बिहान बुटवलको ग्लोबल पिस पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ३४ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो