राष्ट्रपतिबाट शीतल निवास परिसरमा वृक्षारोपण « Khabarhub

राष्ट्रपतिबाट शीतल निवास परिसरमा वृक्षारोपण


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षारोपण गरेकी छिन् ।

दिवसको अवसरमा शीतल निवास परिसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ ।

यसैबीच दिवसकै अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले गोठाटारको पुलसँगैको नदी किनारमा सफाइ गरेको छ ।

नदी किनारका साथै कपुर उद्यानमा सरसफाइ गरिएको सचिव ईश्वर पुडासैनीले बताए ।

वातावरण संरक्षणका लागि प्रत्येक वर्ष दिवसको अवसर पारेर जुन ५ तारिखका दिन समाजले सफाइ, वृक्षारोपणलगायत कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गरी निश्चित मानिसले मात्र निरन्तरतास्वरुप कार्यक्रम गरिएको पनि उनले बताए ।

दिवसकै अवसरमा समाजको बाँके शाखाले आज आयोजना गरेको बाँकेस्थित हिन्दू श्मसान भूमिमा नीम, पिपल, सिसम, तुलसी, मसला, सागोन, अमला, जामुनलगायत बिरुवा रोपिएको जनाइएको छ ।

रुपन्देही शाखाको आयोजनामा आज बिहान बुटवलको ग्लोबल पिस पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ३४ बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम