प्रदेश २ मा मन्त्रालयकै सेटिङमा भ्रष्टाचार हुने गरेको नेता साहको आरोप | Khabarhub Khabarhub

प्रदेश २ मा मन्त्रालयकै सेटिङमा भ्रष्टाचार हुने गरेको नेता साहको आरोप


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको आरोप लगाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास एवं लकडाउनका बेला प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको नेता साहले आरोप लगाएका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘देशमा कोरोना संत्रास र लकडाउनले अस्तव्यस्त रहेको यो संकटपूर्ण घडीमा रोगको नियन्त्रण-रोकथाम, राहत-बचाव एवं आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्नपर्नेमा प्रदेश-२ सरकार खास गरि कृषि मन्त्रालय बजेटको अनियमिततामा केन्द्रित छ ।’

उनले कृषि मन्त्रालय मातहत प्रत्येक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न कामको नाममा ठूलो आर्थिक चलखेल भइरहेको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १२ : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’