बागलुङको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु « Khabarhub

बागलुङको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- क्वारेन्टाइनमा बसेका बागलुङको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ।

निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।

उनको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ४१ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत